2 years ago
April 30, 2024
ललितपुर (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका गोदावरी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालाको मंगलबार भएको खेलमा तारकेश्वर नगरपालिकालाई ५–० ले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो ।
कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा रह्यो । यमनले खेलको नवौं, २५ औं र ४६ औं मिनेटमा गोल ह्याट्रिक पूरा गरे । इन्द्रले ५६ औं र ७० औं मिनेटमा गोल गरे ।
कीर्तिपुरका यमन मर्हजन प्लेयर अफ दि म्याच भए । उनलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि मर्हजनले ट्रफि र ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
कीर्तिपुरले सेमिफाइनल प्रवेशका लागि मध्यपुर थिमि नगरपालिकासँग वैशाख २२ गते प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रतियोगितामा कीर्तिपुरसँगै मध्यपुर थिमि, नागार्जुन, चन्द्रागिरी, महालक्ष्मी र दक्षिणकाली नगरपालिका क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
प्रतियोगितामा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टोलीले भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले ५ लाख र दोस्रोले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । अनुशासित टोलीले ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फरर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]