2 years ago
May 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ ।
बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो ।
सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले महिला टोलीको उच्च प्रदर्शनको लागि बधाई दिँदै सन् २०२७ र २०३१ को विश्वकप खेल्ने लक्ष्य लिएर टोलीलाई वाफ च्याम्पियनसिपमा भाग लिन पठाएको बताए ।
महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङले महिला टोलीले वाफ च्याम्पियनसिपमा गरेको प्रदर्शन र यस्ता खाले सम्मानले सम्मानले पुरुष टोलीलाई पनि प्रेरणा दिएको बताए । महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सम्मानका लागि एनआइसी बैंकलाई धन्यवाद दिदै यस्तो सम्मानले खेलाडीको मनोबल बढ्ने बताइन् ।
फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा भाग लिएको नेपाली टोली पहिलो सहभागितामा नै फाइनल पुगेको थियो । जोर्डनसँग फाइनलमा ५–३ ले पराजित हुनुअघि खेलमा २–२ को बराबरी भएको थियो ।
एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले महिला टोलीको असाधारण सफलताका कारण सम्मान गरिएको बताए ।
सोही अवसरमा बैंकले राष्ट्रिय टोली र त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्राण्ड प्रमोटरको रुपमा घोषणा गरेको थियो । अहिलेको सम्झौता एक वर्षको रहने बताएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]