default_image

9 years ago

February 3, 2017

एपिएफ र संकटा भिड्दै

102 views

0 Bookmark

सिमरा – रुस्लान आठौं सिमरा गोल्डकप फूटवल प्रतियोगिता अन्तर्गत शुक्रवार बिभागिय टिम एपिएफ क्लब र सिएमजी संकटा क्लबबिच प्रतिस्पर्धा हुदैछ ।

apf

दुई टिमबिचको खेल सिमरा रंगशालामा दिउसो २ बजेपछि सुरु हुनेछ । एपिएफ क्लब सिमरा गोल्डपको दोस्रो संस्करणको उपबिजेता हो । सिएमजी संकटाले पनि गोल्डकपको अघिल्लो संस्करणमा सहभागीता जनाउदै आएको छ ।

यसअघि बिहिवार भएको उद्घाटन खेलमा आयोजक नवजनजागृति युवा क्लबलाई हराउदै सरस्वती युथ क्लब प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरिसकेको छ । सरस्वतीको जितमा तिर्थ बस्नेत र जोनम लिगलले गोल गरेका थिए ।
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए । ए डिभिजनका पाच र मोफसलका पाच गरि १० टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले पाच लाख ५१ हजार प्राप्त गर्नेछ । उपबिजेताले २ लाख ५१ हजार पाउनेछ ।
प्रतियोगितामा ए डिभिजनका त्रिभूवन आर्मी क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब छन भने मोफसलबाट साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् । यसैगरी प्रतियोगिता अवधीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.