default_image

1 week ago

May 10, 2024

अल नासरको जित

614 views

0 Bookmark

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो ।

खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए ।

तर त्यसपछि अल नासरले दुई गोल खान पुग्यो । ६०औं र ७०औं मिनेटमा हसन अल हबीब र सेवियर गडविनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा ब्रोजोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई जित दिलाए ।

जित पछि अल नासरको ३१ खेलमा ७७ अंक भएको छ । पहिलो स्थानको अल हीलालको ३० खेलमा ८६ अंक छ । पराजित अल अखदुद ३१ खेलमा २८ अंक सहित १५औं स्थानमा छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.