2 years ago
May 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो ।
बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे । रानीवनका लागि विष्णु चौधरीले एक गोल फर्काए ।
जित पछि बागमती ७ खेलमा १६ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित रानीवन ६ अंक सहित १२औं छ ।
यस्तै दिनको दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले महावीर क्लबलाई ४-० ले पराजित गर्यो । पुल्चोकको जितमा सुमन श्रेष्ठले दुई गोल गरे भने शिरव लो तामाङ र सुमित मल्लाहले एक-एक गोल गरे ।
जित पछि पुल्चोकको ७ खेलमा १५ अंक भएको छ । १०औं स्थानमा रहेको महावीरको भने ८ अंक छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]