1 year ago
May 12, 2024
एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकरमा आइतबार पुनरागमन जित निकालेको छ । २-० ले पछि परेको खेलमा मियामीले मोन्ट्रियललाई ३-२ ले हराएको हो।
मियामीका लागि माटियास रोजास, लुइस सुआरेज र बेन्जामिन क्रेमास्चीले समान १ गोल गरे । मोन्ट्रियलका ब्राइस ड्युक र जुल्स एन्थोनी भिल्सेन्टले गोल गरे। ड्युकले २२ औं र त्यसको १० मिनेटपछि भिल्सेन्टले गोल गरेका हुन्।
४४औं मिनेटमा मियामीका रोजासले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । इन्जुरी समयमा सुआरेजले गोल गरेपछि पहिलो हाफमा नै खेलमा २-२ को बराबरी गर्न मियामी सफल भयो । ५९औं मिनेटमा क्रेमास्चीले गरेको गोल खेलमा निर्णायक बन्यो।
शीर्षस्थानमा रहेको मियामीको १३ खेलबाट २७ अंक पुगेको छ । मोन्ट्रियल १२ अंकसहित १२ औं स्थानमा छ।
May 20, 2025
एजेन्सी – च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिगमा सोमवार पराजित भएको छ। लिभरपुलले दुई पटक अग्रता लिए पनि ब्राइटनले सानदार पुनरागमन गर्दै ३-२ ले खेल जित्यो । परिवर्तित ज्याक हिन्सेलवुडले ८५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । उनले मैदान छिरेको केही क्षणमै म्याट ओ’राइलीको क्रसमा हेडरमार्फत गोल गरेका हुन् । सुरुमा अफसाइडको निर्णय भए […]
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लबलाई २-० ले हराउँदै श्री कुमारी क्लब बी डिभिजनमा यथावत रहने निश्चित भएको छ। श्री कुमारीलाई रेलिगेसनबाट जोगिन ३ अंक आवश्यक थियो। सोही अनुरूप आज एन्फा कम्प्लेक्समा सरस्वती क्लब विरूद्ध टोलीले जित दर्ज गर्यो। खेलको ४४ औं मिनेटमा यमन महर्जनले गोल गरे। पहिलो हाफमा श्री […]
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सहिद स्मारक बी डिभिजन लिगमा रेलिगेसन हुनबाट जोगिएको छ। च्यासल युथ क्लबलाई सोमवार ४-१ ले पराजित गरेसँगै बिबिसीको रेलिगेसन खतरा टरेको हो । बिबिसीको जितमा मुकुन्द कुमार न्युरेले ह्याट्रिक गरे। एन्फा कम्प्लेक्समा भएको खेलको नवौं मिनेटमा रोमन श्रेष्ठको गोलमा बिबिसीले अग्रता बनायो। तर यो अग्रता १३ औं मिनेटमा […]