2 years ago
May 15, 2024
एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो ।
खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले अग्रता दोब्बर बनाए । इडुवार्डो कामाभिंगाको पासमा क्लोज-रेन्जबाट भिनिसियसले गोल गर्न सफल भएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा फेडे भालभर्डेले अग्रता तीन गोलको बनाए । बक्सको छेउबाट उत्कृष्ट फिनिशका साथ उनले रियललाई पहिलो हाफमा नै तीन गोलले अघि पुर्याएका थिए ।
७०औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको चौथो गोल गरे । यस्तै ८१औं मिनेटमा आर्डा गुलेरले गोल गर्दै ५-० को जित सुनिश्चित गरे ।
रियलको ३६ खेलमा ९३ अंक भएको छ ।
यस्तै बार्सिलोना र जिरोना दोस्रो स्थानका लागि लडिरहेका छन् । गएराती सम्पन्न खेलमा भिलारियल विरुद्ध १-० लिए जिरोना पराजित भएसँगै दोस्रो स्थानमा रहँदै स्पेनिश सुपर कपमा पुग्ने बार्सिलोनाको सम्भावना बढेको छ ।
बार्सिलोनाको ३५ खेलमा ७६ अंक रहेको छ । जिरोनाको ३६ खेलमा ७५ अंक रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]