default_image

2 years ago

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

300 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड
झापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ ।

क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।
फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

क्लबले आफ्नो मातहातमा रहेका झन्डै ८० जना युवा खेलाडीमाझ फुटबलको स्किल तथा अन्य प्राविधिक पक्षबारे जानकारी गराउँदै दिवस मनाएको थियो ।
क्लबले विगतका वर्षहरुयता ८ वर्षदेखि १३ वर्ष उमेर समूहका ४५ जना बालबालिकालाई फुटबल प्रशिक्षण गराउँदै आएको छ ।

यसैबीच, क्लबले एन्फा अन्डर १३ का छनोट भएका एकता स्पोर्टिङ क्लबका चारजना खेलाडीलाई विदाइ गरेको छ ।
क्लबमा प्रशिक्षण लिँदै आएका मिसन हस्दा, लक्ष्मी किस्कू, सुसन राई र सुप्रिम बास्तोलालाई विदाइ गरिएको हो ।

क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड २ का वडा अध्यक्ष किशोर पौडेल, सामाजिक अगुवा मदनगोपाल सुब्बा लगायतले बालबालिकालाई शुभकामना दिएका थिए ।
क्लबका उपाध्यक्ष खेमराज गिरीले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश दिपेश खतिवडाले पारेका थिए भने कार्यक्रमको सञ्चालन रमेश उप्रेतीले गरेका थिए।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.