default_image

2 years ago

May 16, 2024

चेल्सीको ब्राईटनविरुद्ध जित

491 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी विजयी भएको छ । दश जनामा सिमित चेल्सीको ब्राईटन माथि २-१ को जित दर्ता गरेको हो ।

खेलको ३४औं मिनेटमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मार्क कुकुरेलाको क्रसमा उत्कृष्ट हेडर प्रहार गर्दै पालमरले चेल्सीलाई सुरुवाती अग्रता दिलाए ।

६५आज मिन्टमा क्रिस्टोफर एनकुन्कुले अग्रता दोब्बर बनाए । मालो गुस्टोको क्रसमा सिक्स यार्ड बक्सको छेउबाट गोल गर्दै उनले अग्रता दोब्बर बनाए ।

८८औं मिनेटमा चेल्सीका रिस जेम्सले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि चेल्सी दश जनामा सिमित भएको थियो । त्यसपछि चेल्सीको एक गोल समेत खान पुग्यो । इन्ज्युरी समयको सातौं मिनेटमा ड्यानी वेलबेकले ब्राईटनका लागि एक गोल फर्काएका थिए ।

जित पछि चेल्सी ३७ खेलमा ६० अंक सहित तालिकाको छैठौं स्थानमा उक्लिएको छ । पराजित ब्राईटन भने ३७ खेलमा ४८ अंक सहित दशौं स्थानमा छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.