2 years ago
May 16, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे ।
माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले ४९ औं मिनेटमा बराबरी गोल गरे । डेल्लोले ५७ औं मिनेटमा गोल गर्दै युनाइटेडललाई पुनः अग्रता दिलाए भने हजलण्डले ८४ औं मिनेटमा अर्को गोल गरे । इन्ज्युरी समयमा हलले न्युक्यासलका लागि गोल गरेपनि हार टरेन । ३७ खेलमा ५७ अंकका साथ युनाइटेड आठौं र समान खेलमा न्युक्यासनल समान अंकका साथ सातौं स्थानमा छ ।
बुधबार अर्को खेलमा चेल्सीले ब्राइटनलाई २ – १ को अन्तरले हरायो । चेल्सीका कोल पाल्मर र क्रिष्टोफर नकुन्कुले गो गरे । खेलको अन्त्यतिर रेके जेम्सले रातो कार्डको सामना गरेपछि चेल्सीले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। ब्राइटनका लागि ड्यानी वेलबेकले गोल गरे । ३७ खेलमा ६० अंक बटुल्दै चेल्सी छैटौँ स्थानमा उक्लेको छ । समान खेलमा ४८ अंकसहित ब्राइटन १० दसौं स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]