2 years ago
May 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् ।
सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका छन् ।
पाकिस्तान विरुद्ध २००५ मा अन्तराष्ट्रिय डेब्यु गरेका सुनिलले भारतका लागि १५० खेल खेल्दै ९४ गोल गरेका छन् । उनी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने तालिकामा चौथो स्थानमा रहेका छन् ।
मोहुन बगानबाट सिनियर फुटबल करियरको सुरु गरेका क्षेत्री हाल इंडियन सुपर लिग टोली बेंगलूरु फुटबल क्लबका आवद्ध छन् ।
सुनिले भारतका लागि २०११, २०१५, २०२१ र २०२३ गरी चार पटक साफ च्याम्पियन्सिप जितेका छन् । यस्तै उनले तीन पटक नेहरू कप उपाधि जितेका छन् भने २००८ मा एएफसी च्यालेन्ज कप जित्दै भारतलाई २०११ को एसियन कपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछि २०१९ र २०२३ गरी दुई एसियन कपमा छनोट हुँदा पनि उनले ठूलो भूमिका खेलेका थिए ।
सुनिलले २०११ मा प्रतिष्ठित अर्जुना अवार्ड जिर्दै २०१९ का भारतको चौथो ठूलो नागरिक सम्मान पद्मश्रीले समेत समानित भएका थिए । २०२१ मा भारतको सर्वश्रेष्ठ खेलकुद समान खेल रत्न जित्दै सो उपाधि जित्ने पहिलो फुटबलर समेत बनेका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]