2 years ago
May 17, 2024
एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ ।
बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं मिनेटमा अर्काे गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गराए ।
यस दुई गोलसँगै बार्सिलोनाकै एकेडेमीका फर्मिनले सिनियर टोलीमा पहिलो सिजन बिताइरहँदा सबै खाले प्रतियोगितामा कुल १० गोल पु¥याएका छन् ।
यस जितले यो सिजन बार्सिलोना दोस्रो स्थानमा रहने सुनिश्चित जस्तै भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलबाट ७९ अंक पुगेको छ । समान खेलबाटै तेस्रो स्थानमा रहेको जिरोनाको ७५ अंक छ । पराजित अल्मेरिया १७ अंकसहित पुछारमा छ ।
अब दुई राउन्डको खेल बाँकी रहँदा जिरोनाभन्दा बार्सिलोना ४ अंकले अगाडि छ । जिरोनाले बाँकी दुई खेलमा जित र बार्सिलोनाले दुवै खेलमा अंक गुमाएको स्थितिमा मात्रै बार्सिलोना तेस्रो स्थानमा पुग्नेछ । कीर्तिमानी ३६औं पटक ला लिगा च्याम्पियन बनिसकेको रियलको ९३ अंक छ ।
ला लिगाकै अर्काे खेलमा रियल सोसिडाडले भ्यालेन्सियालाई १–० ले पराजित गर्दा लास पालमास र रियल बेटिसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]