default_image

2 years ago

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

1274 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् ।

मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न पुगेपछि उनले ६९औं मिनेटमा मैदान छाडेको थियो ।

एडर्सनको दाहिने आँखाको सानाे सकेट भाँचिएको स्क्यान रिपाेर्टले पुष्टि गरेको छ। मैदानबाट बाहिरनु परेपछि उनी दुखित थिए । मोराएसलाई प्रतिस्थापन गरेका स्टेफान ओर्टेगाले केही महत्वपूर्ण बचाउ गरेका थिए ।

लिग लिडर सिटीले आइतबार वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आँफु अनुकुल नतिजा निकाल्न सके लगातार चौथोपटक प्रिमियर लिगको उपाधि जित्नेछ ।

आर्सनललाई च्याम्पियन बन्न एभर्टनविरुद्ध जित र अर्काे खेलमा सिटीले अंक गुमाउनुपर्ने हुन्छ । सिटीको ३७ खेलबाट ८८ तथा आर्सनलको ८६ अंक छ । गोल अन्तरमा पनि यि दुई टोलीबीच खासै भिन्नता छैन ।

यस्तै सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग २५ मेमा वेम्बलीमा खेल्नेछ । विगतका दुई सत्रमा लगातार खेलिरहेका ओर्टेगा नै युनाइटेडविरुद्ध पहिलो रोजाईमा खेल्ने सम्भावना छ । उक्त खेलमा एडर्सन टोलीमै रहने भएपनि प्रशिक्षक पेप गुआर्डीओलाको निर्णयमा भर पर्नेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.