9 years ago
February 3, 2017
दिपक बाोहोरा
झापा – झापा दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आयोजक समेत रहेको झापा शुक्रबार हिमालयन शेर्पा क्लबलाई ४–० ले हराउँदै रमपम दोश्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी र त्रिभुबन आर्मी क्लबबीचको विजेता संग झापाले माघ २४ गते फाइनल खेल्नेछ । गत महिना झापाले काँकरभिट्टा गोल्डकपको उपाधि जितेको थियो । झापाको जितमा कर्ण लिम्बुले २, बुद्ध चेम्जोङ र खमिर गिल्सन कन्दङवाले समान १ गोल गरे ।
डोमलाल रंगशालामा २७ औं मिनेटमा कर्णले पहिलो गोल गरेका थिए । अन्तिम ११ मिनेटमा ३ गोल थप्दै झापाले फाइनल यात्रा सहज बनाएको थियो । कर्णले ७९ औं मिनेटमा अर्को गोल थपे । बुद्धले ८७ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । खेल सकिन १ मिनेट बाकी रहदा खमिर गिल्सनले गोल गरे । अघिल्लो महिना काँकर भिट्टा गोल्डकपमा पनि हिमालयन शेर्पा झापासँग पराजित भएको थियो । कर्ण खेलको म्यान अफ दी म्याच चुनिए र उनले ७ हजार रुपैयाँ प्राप्त गरे ।
आयोजक झापा ११ आफ्नो पहिलो खेलमा कालेम्पुङको शेर क्लब माथि ५–० को जित निकाल्दै र क्वाटर फाइनलमा सुदुर पश्चिम स्र्पोट क्लबलाई ४–० को फराकिलो जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । हिमालय शेर्पा क्लब बिभागीय टिम एफिएफ क्लबलाइ हराउदै सेमिफाइनल प्रबेश गरेको हो ।
रमपम झापा गोल्डकपमा शनिबार दोस्रो सेमिफाइनल
मनाङविरुद्ध आर्मी
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]