2 years ago
May 18, 2024
ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे ।
उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ प्राप्त गर्यो । चन्द्रागिरीले ३ लाख रुपैयाँ पायो । काठमाडौंमा अखिलेश फाइनलको प्लेयर अफ दी म्याच बनाए । काठमाडौंका एरिक विष्ट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । अनुशासित टोली चुनिएको महालक्ष्मी नगरपालिकाले ५० हजार रुपैयाँ पायो ।
प्रतियोगितामा सबैभन्दा बढि गोल कीर्तिपुरका यमन मर्हजनले गरे । क्वाटरफाइनलमै हारेको टोलीका लागि यमनले ६ गोल गरेका थिए । तारकेश्वर र मध्यपुर थिमी नगरपालिकाविरुद्ध उनले ह्याट्रिक गरेका थिए । प्रतियोगितामा इमर्जिङ प्लेयर गोदावरी बि टिमका पासाङ तामाङले जिते भने उत्कृष्ट गोलरक्षक काठमाडौंका सुदीप गिरी भए ।
उत्कृष्ट डिफेन्डर चन्द्रागिरीका साहिल राना हुँदा काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट गोलकिपर, डिफेन्डर , फरर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले समान २५ हजार रुपैयाँ पाएका थिए ।
चन्द्रागिरी , महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौं, मध्यपुर थिमि नगरपालिकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए । गत वैशाख १५ गतेबाट सुरु भएको प्रतियोगितामा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टोलीको सहभागिता थियो । आयोजक गोदावरी नगरपालिकाको दुई टोलीको सहभागिता थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]