default_image

9 years ago

February 3, 2017

संकटा रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा

99 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – विभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब २–० ले हराउँदै सिएमजी क्लब संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विभागयि टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा शुक्रबार संकटाका लागि राज पौडेल र सुशिल केसीले गोल गरेका थिए ।

sankata-vs-apf

एपिएफविरुद्ध बल अघि बढाउदै संकटाका मार्टिन रजाई (निलो) ।

खेलको सुरुवातदेखी तालमेलमा देखिएपनि फिनिसिङ कमजोर देखिएको एपिएफमाथी संघटाले खेलको ४१ औं मिनेटमा पहिलो गोल गरेको थियो । बिदेशी खेलाडी मार्टिन अजाईले डिबक्स भित्रबाट गरेको क्रसलाई सदुपयोग गर्दै राजले बललाई पोष्टको दिशा दिएका थिए ।
खेलमा अग्रता लिएको पाच मिनेट बित्न नपाउदै संकटाले अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमा थपिएको एक मिनेटको ईन्जुरी समयमा संकटाका लागि सुशील केसीले दोस्रो गोल गरेका थिए । मार्टिनकै क्रसलाई सुशीलले सदुपयोग गरेको थियो ।
खेलमा दुई गोलले परेपछि दवावमा देखिएको एपिएफले दोस्रो हाफमा भने लय देखाउन सकेन् । दोस्रो हाफको सुरुवातदेखीनै संकटाले एपिएफलाई दवावमा राखेको थियो । खेलमा फर्कने केही अवसर सिर्जना गरेपनि एपिएफले सदुपयोग गर्न भने सकेन् । एपिएफका युवराज खड्काले थुप्रै अवसर खेल फालेका थिए ।
खेलमा पराजय भोगेपछि निराश बनेका एपिएफका प्रशिक्षक कुमार थापाले दोस्रो हाफमा सुधारिएर खेल्न नसक्दा हार ब्यहोर्नुपरेको बताए । संकटाका प्रशिक्षक सल्यान खड्गीले रणनितिअनुसार खेलाडीले खेलेको कारण जित हात पारेको प्रतिक्रिया दिए । एपिएफविरुद्ध अग्रता लिएपछि रक्षात्मक खेल खेलेको खड्गीले बताए ।
संकटाको जितमा उत्कृष्ट प्रदर्शन गरेका मार्टिन अजाई खेलको ‘पतन्जली म्यान अफ दि म्याच’ घोषित भए । उनले पाच हजार नगद प्राप्त गरे ।
रुस्लान सिमरा गोल्डकपमा शनिबार
सहारा क्लब पोखराविरुद्ध वीरगन्ज युनाईटेड क्लब

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.