default_image

2 years ago

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

900 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो ।

लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे ।

युनाइटेडले ३८ खेलमा १८ ओटा खेल मात्र जित्यो भने ६ बराबरी खेल्दै १४ खेलमा हार बेहोर्न । सातौं स्थानमा रहेको न्यूक्यासल युनाइटेड सँग ६० अंकमा बराबरी भएपनि खराब गोलअन्तरका आधारमा युनाइटेड आठौं भयो ।

छैठौं वा सातौं स्थानमा पुग्दा युनाइटेडका लागि क्रमशः युरोपा लिग वा युरोपा कन्फरेन्स लिगमा स्थान पक्का हुने थियो । यद्यपि, युनाइटेड भन्दा माथिका दुई टोली – चेल्सी र न्युक्यासल – दुवैले अन्तिम चरणमा अन्यत्र आ-आफ्ना खेल जितेका थिए ।

च्याम्पियन्स लिगमा समूह चरणबाट नै बाहिरिएको युनाइटेडको यस सिजन उपाधिको सम्भावना भने कायम नै रहेको छ । युनाइटेडले एफए कप फाइनलमा लिग उपाधि जितेको म्यानचेस्टर सिटीको सामना गर्दैछ । सो खेलमा जित हासिल गरे युनाइटेड युरोपा लिगमा छनोट हुनेछ । अन्यथा युनाइटेडले आउँदो सिजन कुनै युरोपेली प्रतियोगितामा भाग जनाउने छैन ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.