2 years ago
May 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – महावीर क्लब माथि फराकिलो जित हात पार्दै बागमती युथ क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले महावीर माथि ४-० को फराकिलो जित दर्ता गरेको हो । बागमतीका लागि राज भुसालले दुई गोल गरे भने दिपेश राई र सृजन राज गौतमले एक- एक गोल गरे ।
जित पछि बागमतीको ९ खेलमा २० अंक पुगेको छ । दोस्रो र तेस्रो स्थानमा रहेका पुल्चोक स्पोर्ट्स क्लब र आरसी ३२ फुटबल एकेडेमीको १९-१९ अंक रहेको छ । पराजित महावीर भने ९ अंक सहित ११औं स्थानमा रहेको छ ।
आजको खेल सँगै सि डिभिजनमा नवौं चरणका खेलहरू समाप्त भएका छन् । १०औं चरणका खेल शुक्रवारबाट सुरु हुँदै छन् । शुक्रवार हुने एकमात्र खेलमा आरसी ३२ले मनोहरा युनाइटेड युथ क्लबको सामना गर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]