default_image

2 years ago

May 27, 2024

जितका साथ बार्सिलोनामा जाभीको बिदाई

1013 views

0 Bookmark

एजेन्सी – जितका साथ जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षण यात्राको अन्त्य गरेका छन् । स्पेनिस ला लिगामा आफ्नो अन्तिम खेलमा आइतबार बार्सिलोना सेभियालाई २–१ ले हराएको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे । सेभियाका लागि एन नेसिरीले गोल गरे । खेलको समाप्तीपछि बार्सिलोनाका खेलाडीले जाभीलाई बिदाइ गरे । बार्सिलोनाले यसअघि नै दोस्रो स्थान हासिल गर्दै अर्को सिजन साउदी अरबमा हुने स्पेनिस सुपर कपमा स्थान पक्का गरिसकेको छ ।

१५औं मिनेटमा लेवान्डोस्कीको गोलमा बार्सिलोनाले अग्रता लियो । ३१औं मिनेटमा एन नेसिरीले गोल गर्दै सेभियालाई खेलामा फर्काए । ५९औं मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए । रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगा जितिसकेको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.