2 years ago
May 28, 2024
एजेन्सी – बार्सिलोनाका युवा प्रतिभा १६ वर्षीय लमिन यमल र १७ वर्षीय पाउ क्युबार्सीलाई समेट्दै स्पेनले युराे कप २०२४ काे लागि प्रारम्भिक टाेली घाेषणा गरेकाे छ ।
मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा एस्टन भिल्लाका डिफेन्डर पाउ टोरेस, टोटनहमका पेड्रो पोरो र ३८ क्याप खेलेका पेरिस सेन्ट जर्मेनका फरवार्ड मार्को एसेन्सियोले पनि टोलीमा स्थान बनाउन सकेनन् ।
यस्तै बार्सिलोनाकै फर्मिन लोपेज र अयोज पेरेजले पहिलोपटक सिनियर टोलीको प्रारम्भिक सुचीमा परेका छन् । चाेटका कारण गाभी, एलेहान्द्राे बाल्डे र जाेश गाया टाेलीमा रहनेछैनन् ।
यस्तै म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री, चेल्सीका मार्क कुकुरेला र आर्सनलका गोलकिपर डेभिड राय युरोपियन च्याम्पियनसिपका लागि स्पेनको प्रारम्भिक टोलीमा समेटिएका छन् । अब यसबाट तीन खेलाडी कटाैती हुनेछन् ।
डिसेम्बर २०२२ मा मोरक्को विरुद्ध अन्तिम १६ मा विश्वकपबाट बाहिरिएपछि डे ला फुएन्टे लुइस एनरिकको उत्तराधिकारीको रूपमा नियुक्त भएका थिए । उनको प्रशिक्षणमा स्पेनले सन् २०२३ मा युइएफए नेसन्स लिगको उपाधि जितेको थियो । जुन स्पेनको ११ वर्षपछिको पहिलो अन्तर्राष्ट्रिय ट्रफी हो ।
सन् २००८ र २०१२ को च्याम्पियन स्पेनको समूहमा इटाली, क्रोएसिया र अल्बानिया रहेका छन् । १५ जुनमा बर्लिनमा क्रोएसियासँग खेल्दै युरोकपको सुरुवात गर्नेछ ।
स्पेनको प्रारम्भिक टोली
गोलरक्षक – एलेक्स रेमिरो (रियल सोसिडाड), डेभिड राय (ब्रेन्टफर्ड – लोनमा आर्सनल), युनाई साइमन (एथलेटिको बिलबाओ)
डिफेन्डर – एमेरिक लापोर्टे (अल नासर), रोबिन ले नोर्मान्ड (रियल सोसिडाड), एलेक्स ग्रिमाल्डो (बायर लेभरकुसेन), ड्यानी कार्भाजल (रियल म्याड्रिड), ड्यानी भिभियन (एथलेटिको बिल्बाओ), जेसस नाभास (सेभिया), नाचो (रियल म्याड्रिड), मार्क कुकारेला (चेल्सी), पाउ क्युबार्सी (बार्सिलोना)
मिडफिल्डर – मिकेल मेरिनो (रियल सोसिडाड), फाबियन रुइज (पीएसजी), एलेक्स बेना (भिल्लारियल), मार्टिन जुबिमेन्डी (रियल सोसिडाड), रोड्रिगो (म्यानचेस्टर सिटी), लोरेन्टे (एथलेटिको मड्रिड), पेड्री (बार्सिलोना), एरिक गार्सिया (लोनमा बार्सिलोनाबाट जिरोना), फर्मिन (बार्सिलोना)
फरवार्ड – अल्भारो मोराटा (एटलेटिको मड्रिड), ड्यानी ओल्मो (आरबी लाइप्जिग), जोसेलु (इस्पानियोलबाट लोनमा रियल म्याड्रिड), लामिन यमल (बार्सिलोना), मिकेल ओयार्जबाल (रियल सोसिडाड), अयोज पेरेज (रियल बेटिस), फेरान टोरेस (बार्सिलोना) विलियम्स जेआर (एथलेटिको बिलबाओ)
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]