9 years ago
February 4, 2017
दिपक बोहारा
झापामा जारी दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा आज दुई ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्यादी क्लब र बिभागीय टोली त्रिभुवन आर्मी क्लब डोमलाल रङशालामा दिनको ३ बजे फाइनल प्रबेशको लागी प्रतिस्पर्धा गदैैछन।

गत महिनाको अन्त्यतिर टुबोर्ग हेटौडा गोल्डकपको फाइनल खेलेको मनाङ त्यसपछिका लगातार दुई साता सुदुर पश्चिममा खप्तड गोल्डकप र पोखराको आहा गोल्डकपको उपाधि जितेको थियो । शनिबार आयोजक सहारा क्लबलाइ १–० ले हराउदै मनाङले उपाधि जितेको थियो ।
आर्मीले गत महिनाको अन्त्यतिर टुबोर्ग हेटौडा गोल्डकपको फाइनलमा मनाङलाइ हराउदै उपाधि जितेको थियो ।
मनाङ आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटिलाइ ४–० ले हराउदै सेमिफाइनल प्रबेश गरेको हो । भने त्रिभुवन आर्मी क्लब रुपन्देहि ११ लाइ २–० ले हराउदै सेमिफाइनल प्रबेश गरेको हो ।
यि दुई बिचको बिजेताले माघ २४ गते आयोजक झापा ११ संग फाइनल खेल खेल्नेछन । झपा यस अघि नै हिमालयन शेर्पा क्लबलाई ४–० ले हराउदै फाइनल प्रबेश गरीसकेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]