2 years ago
June 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ को एसियाली छनोटका ५ खेलमा नेपाल गोलविहिन भएको छ । साउदी अरबको दम्माम शहरमा सम्पन्न खेलमा युएई विरुद्ध ४-० ले पराजित भएसँगै नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ । नेपालले कुनै पनि गोल गर्दा ५ खेलमा १८ गोल खान पुगेको छ ।
पहिलो केही मिनेटमा रक्षापंक्तिमा संयमित रहेको नेपालले दुई मिनेटको अन्तरालमा दुई गोल खान पुग्यो । हरिब अलमुसार्रक ले नै दुवै गोल गरे ।
१२औं मिनेटमा अल्दुल्लाह अलहम्मादीको क्रसमा फारपोस्टमा खाली रहेका अलमुसार्रक हेडर प्रहार गर्दै गोल गरे । बल सिधै किरण चेम्जोङको हाततर्फ गएपनि उनले गोल बचाउन सकेनन् ।
दुई मिनेट पश्चात उनले नै अग्रता दोब्बर बनाए । अली सलेहको उत्कृष्ट पासमा बक्समा रन बनाउँदै अलमुसार्रक ले अग्रता दोब्बर बनाए ।
३६औं मिनेट पछि नेपालले लगातार तीन मौका खेरा फाल्यो । विश्वकप छनोटको दोस्रो चरणमा पहिलो गोलको खोजीमा रहेको नेपालले मौकाको सदुपयोग भने गर्न सकेन ।
३६औं मिनेटमा सनिशको क्रसमा जिलेस्पी जंग कार्कीको प्रहार पोस्टको माथिबाट बाहिरियो । अर्को मिनेटमा नेपालले लगातार दुई प्रहार क्रसबारमा प्रहार गर्यो ।
सनिशको क्रसमा नै सञ्जीव विष्टको हेडर क्रसबारमा लागेर फर्कियो । त्यसलगत्तै विशाल बस्नेतको प्रहारमा पनि बल ब्लक भएर क्रसबार बाधक बन्यो ।
५३औं मिनेटमा युएईले तेस्रो गोल गर्यो । दोस्रो गोलमा उत्कृष्ट असिस्ट गरेका अली सलेहले बक्सको छेउबाट उत्कृष्ट फिनिश गर्दै अग्रता तीन गोलको बनाए ।
७५औं मिनेटमा हसेन मोहम्मदले चौथो गोल गरे । किरण गोललाइन बाट अगाडि आएको मौकामा मैदान मध्यभागबाट उनले गरेको प्रहारले जालि चुमेको थियो ।
नेपालका प्रशिक्षण भिन्सेन्जो अल्बर्टो अनेसेले आज बसन्त जिम्बालाई सुरुवाती रोजाइमा राख्दै डेब्यु दिएको थियो । तर दुई गोल पश्चात नेपालले २१औं मिनेटमा उनी सहित सौभाग्य राईलाई बाहिर निकाल्दै सनिश श्रेष्ठ र छिरिङ लामालाई मैदान प्रवेश गराएका थिए ।
घरेलु मैदानमा हुनुपर्ने यस खेल दशरथ रंगशाला अयोग्य रहेका कारण साउदी अरब (न्यूट्रल भेन्यू) मा खेलाईएको छ ।
नेपालले अब छनोटको दोस्रो चरणको अन्तिम खेलमा जेठ ११ गरे यमन विरुद्ध सोहो स्टेडियममा खेल्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]