9 years ago
February 4, 2017
दिपक बोहोरा
झापा – पछिल्लो एक महिनामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब चौथो नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार दस खेलाडीमा सिमित त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मनाङ दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । टोलीले आयोजक झापा ११ सँग सोमबार फाइनल खेल्नेछ ।

पुस २३ गते टुबोर्ग हेटौडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आर्मीसँग पराजित मनाङले यसपटक भने बदला लिएको छ । बिमल रानाले पहिलो हाफमा गरेको गोलनै मनाङलाई चार सातामा चौथो नकआउट प्रतियोगिताको फाइनलमा पुग्न सफल रह्यो । माघको पहिलो साता सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप जितेको मनाङले गत शनिबार पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।
डोमलाल रङशालामा खेलको ४२ औ मिनेटमा सुजल श्रेष्ठको प्रहार बारमा लागेर फर्केको रिबाउन्डमा बिमलले गरेको खेल नै खेलको निर्णायक बन्यो । जन्म दिन समेत परेका कप्तान सुजन खेलको म्यान अफ दी म्याच बने र उनले ७ हजार रुपैयाँ प्राप्त गरे । अन्तिम ३० मिनेट आर्मी दस खेलाडीमा सिमित भएको थियो । ६० औं मिनेटमा आर्मीका सुमन अर्याल दोहोरा पहेलो कार्ड पाएपछि मैदान बाहिरिएका थिए ।
झापामा मनाङ आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटिलाइ ४–० ले हराउदै सेमिफाइनल प्रबेश गरेको हो । भने त्रिभुवन आर्मी क्लब रुपन्देहि ११ लाइ २–० ले हराउदै अन्तिम चारको यात्रा तय गरेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]