default_image

2 years ago

June 16, 2024

स्पेन र इटालीको जित

1989 views

0 Bookmark

एजेन्सी – युरो कप २०२४ को समूह ‘बी’ मा स्पेन र इटाली विजयी भएका छन् । शनिबार भएका दुई अलग खेलमा स्पेन र इटलीले जित हासिल गरेका हुन् ।

स्पेनले बलियो मानिएको क्रोएसिया लाई ३-० को सहज अन्तरले हरायो । पहिलो हाफमा नै ३ गोल गरेपछि क्रोएसिया खेलमा फर्कन सकेन ।

२९औं मिनेटमा कप्तान अल्भारो मिराटाले गोल गर्दै स्पेनलाई खेलमा अग्रता दिलाएका थिए । पहिलो गोलमा असिस्ट गरेका फाबियान रुइजले उत्कृष्ट फिनिस गर्दै ३२औं मिनेटमा नै अग्रता दोब्बर बनाए । तेस्रो गोल डयानी कार्भाजालले पहिलो हाफको अन्त्यतिर गरे । लामिन यमालको क्रसमा उनले गोल गरेका थिए ।

गएराति भएको अर्को खेलमा इटालीले अल्बानिया माथि २-१ को पुनरागमन जित निकालेको थियो । पहिलो मिनेटमा नै पछि परेको इटालीले पहिलो हाफमा नै २ गोल गर्दै अग्रता लिएको थियो ।

फेदेरिको डिमार्कोको गल्ती पछि नेदिम बाज्रामीले गोल गर्दै पहिलो मिनेटमा अल्बानियालाई अग्रता दिलाएका थिए । तर ११औं मिनेटमा डिफेन्डर अलेसान्द्रो बास्टोनीले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

१६औं मिनेटमा निकोलो बारेलाले उत्कृष्ट गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए। अन्त्यमा सो गोल जितका लागि पर्याप्त भन्यो ।

युरो कपमा आइतबार पनि ३ खेल हुँदै छन् । समूह ‘डी’ मा पोल्यान्ड र नेदरल्याण्ड्स साँझ ६:४५ बजे भिड्ने छन् । समूह ‘सी’मा स्लोभेनिया र डेनमार्कबीच राति ९:४५ बजे र राति १२:४५ बजे सर्बिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.