default_image

2 years ago

June 16, 2024

वेगहोर्स्टको गोलमा नेदरल्याण्ड्स विजयी

1226 views

0 Bookmark

एजेन्सी – वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका वाउट वेगहोर्स्टको गोलको मद्दतले नेदरल्याण्ड्सले युइएफए युरो २०२४ मा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गतको नेदरल्याण्ड्सले पोल्याण्ड माथि २-१ को पुनरागमन जित दर्ता गरेको हो ।

खेलको १६औं मिनेटमा एडम बुक्साले हेडर मार्फत पोल्याण्डलाई अग्रता दिलाएका थिए । पिटर जिलिएन्स्कीको क्रसमा उनले हेडर प्रहार गरेका थिए ।

खेलको २९औं मिनेटमा नेदरल्याण्ड्सका लागि कोडी गाक्पोले बराबरी गोल गरे । बक्स बाहिरबाट उनले गरेको प्रहार पोल्याण्डका खेलाडीलाई लागेर गोलमा परिणत भएको थियो ।

नेदरल्याण्ड्सले दोस्रो गोल ८३औं मिनेटमा गर्यो । नेथन आकेको क्रस पोल्याण्डका डिफेन्डरलाई लागेर उनको खुट्टामा पुगेपछि उनले गोल गर्न सफल भएका थिए ।

समूह सि अन्तर्गत स्लोभेनिया र डेनमार्क हाल एकअर्का विरुद्ध खेलिरहेका छन् भने इङ्ल्यान्ड र सर्बिया राती १२:४५ बजे भिड्ने छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.