2 years ago
June 17, 2024
एजेन्सी – रोमानियाले युरो कप २०२४ मा सानदार जित सहित सुरुवात गरेको छ । म्युनिखमा भएको समूह ई अन्तर्गतको पहिलो खेलमा रोमानियाले युक्रेन माथि ३-० को उत्कृष्ट जित दर्ता गरेको हो ।
रोमानियाको पहिलो गोल खेलको २९औं मिनेटमा आएको थियो । डेनिस मानको पासमा बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै निकोलाए स्टान्चियुले अग्रता दिलाएका थिए ।
५३औं मिनेटमा राजभान मारिनले बक्स बाहिरबाट अर्को उत्कृष्ट गोल गरे । उनको प्रहार युक्रेन गोलरक्षक आन्द्रेय लुनिनको हातको तलबाट गोलमा परिणत भएको थियो ।

५७औं मिनेटमा छोटो खेलिएको कर्नरमा युक्रेनले गोल खान पुग्यो । डेनिस मानको ड्रीबल पश्चात खेलेको पासमा डेनिस ड्रागुसले सिक्स यार्ड बक्स भित्रबाट गोल गरेका थिए ।
सोही समुहका बेल्जियम र स्लोभाकिया आज ९:४५ बजे भिड्दै छन् । यस्तै समूह डी का फ्रान्स र अष्ट्रिया आज राती १२:४५ बजे भिड्ने छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]