1 year ago
June 20, 2024
एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको साविक विजेता अर्जेन्टिनाले शुक्रवार बिहान एटलान्टामा टूर्नामेंटमा पहिलो पटक सहभागिता जनाइरहेको क्यानडासँग कोपा अमेरिकाको उद्घाटन खेलमा खेल्दैछ । फिफा विश्व वरियतामा नम्बर एक रहेको अर्जेन्टिना र ४९ औं वरियतामा रहेको क्यानडा बीचको खेल नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु हुनेछ ।
२०२१ मा यस जितेको र २०२२ को विश्वकपको उपाधि उचालेको अर्जेन्टिना कोपा अमेरिकाको सफलताको लागि अपरिचित छैन । १५ पटकको विजेता अर्जेन्टिना २०१५ र २०१६ मा फाइनल पुगेको थियो भने २०१९ मा तेस्रो भएको थियो ।
यस संस्करणमा १० दक्षिण अमेरिकी टोलीहरू सहित उत्तर र मध्य अमेरिका र क्यारेबियनका ६ टोलीहरु समावेश गरिएका छन् ।
१३ गोलसहित प्रतियोगिताको सर्वकालीन स्कोरिङ तालिकामा सातौं स्थानमा रहेका मेस्सीले १७ असिस्टको कीर्तिमान पनि राखेका छन् । शुक्रवार उनले आफ्नो ३५ औं कोपा अमेरिका खेल खेल्दै चिलीका सर्जियो लिभिङस्टोनको कीर्तिमान तोड्नेछन् ।
विश्वकप जितेको टोलीबाट २३ खेलाडी रहेको अर्जेन्टिनी टोलि यसपटक पनि फाइनल पुग्ने आँकलन गरिएको छ ।
क्यानडाको अर्को खेल बुधवार पेरुसँग हुनेछ भने सोही दिन अर्जेन्टिनाले चिलीसँग खेल्नेछ । जुन २९ मा समूह चरणको खेलमा क्यानडाले चिली र अर्जेन्टिनाले पेरुसँग खेल्नेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]