1 year ago
June 22, 2024
एजेन्सी – रोबर्ट लेवान्डोस्कीको पोल्यान्ड युरो कप २०२४ बाट बाहिरिने पहिलो टोली बनेको छ । अस्ट्रियासँग ३–१ को हारसँगै पोल्यान्ड समूह चरणको एक खेल बाँकी छँदै युरोबाट बाहिरिएको हो ।
पोल्यान्डविरुद्धको जितसँगै अस्ट्रियाको भने नकआउट चरणमा पुग्ने आशा कायम रहेको छ । बर्लिनमा शुक्रबार राति भएको खेलमा अस्ट्रियाको जितमा गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले गोल गरे । पोल्यान्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा नै गेर्नोट ट्राउनरको गोलबाट अस्ट्रियाले खेलमा अग्रता कायम गर्यो । ३०औं मिनेटमा क्रिस्जटोफ पिएटेकले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि अस्ट्रियाले दोस्रो हाफमा दुई गोल थप्दै जसत सुनिश्चित गर्यो ।
६६औं मिनेटमा क्रिस्टोफ बाउमगार्टनरले गोल गर्दै अस्ट्रियालाई २–१ ले अघि बढाए । ७८औं मिनेटमा मार्को एर्नाउटोभिकले पेनाल्टीमा गोल गर्दै अस्ट्रियाको जित पक्का गरे ।
यस जितले अस्ट्रियाको दुई खेलबाट ३ अंक पुगेको छ । समान खेलबाटै पोल्यान्डले अंक जोड्न सकेको छैन । यो समूहमा नेदरल्यान्ड्स र फ्रान्सको समान ४ अंक छ ।
अब समूह चरणको अन्तिम खेलमा अस्ट्रियाले नेदरल्यान्ड्ससँग तथा पोल्यान्डले फ्रान्ससँग खेल्नेछ । पोल्यान्डले फ्रान्सलाई हराएपनि टोलीलाई अघिल्लो चरण पुग्न पर्याप्त हुने छैन ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]