default_image

1 year ago

June 24, 2024

अन्तिम १६मा स्थान पक्का गर्न इटाली क्रोएसियासँग भिड्दै

1523 views

0 Bookmark

एजेन्सी – साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा स्थान पक्का गर्न आज क्रोएसियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती १२:४५ बजे हुनेछ ।

अल्बानिया माथि जित र स्पेन विरुद्ध हार बेहोरेको इटाली ३ अंक सहित समूह बि को दोस्रो स्थानमा छ । क्रोएसियाको भने २ खेलमा १ अंक छ । क्रोएसिया स्पेन विरुद्ध पराजित भएको थियो भने अल्बानिया विरुद्ध २-२ को बराबरीमा रोकिएको थियो ।

अल्बानियाको पनि १ अंक रहेको छ । सोही समयमा अल्बानिया र स्पेन भिड्दै छन् । स्पेन समूह विजेता बन्ने निश्चित भएसँगै स्पेनले टोलीमा धेरै परिवर्तन गर्ने आँकलन रहेको छ । त्यसकारण अल्बानियाको समेत अन्तिम १६ मा पुग्ने राम्रो अवसर रहेको भन्न सकिन्छ ।

६ समूह मध्य शीर्ष दुई टोली र ४ उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोली अन्तिम १६ मा पुग्नेछन् । समूह ए बाट जर्मनी र स्विट्जरल्यान्ड अन्तिम १६ मा पुगिसकेका छन् भने हंगेरी तेस्रो भएको छ । यसबाहेक पोर्चुगल दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

November 13, 2025

लालीगुराँस र चिल्लाङ राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]

November 13, 2025

रोहितको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको‌ मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको‌ ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

Success

Thank you for your time.