default_image

1 year ago

June 25, 2024

ब्राजिल र कोस्टारिकाको बराबरी

2918 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदार ब्राजिलले कोपा अमेरिका २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा कोस्टारिकासँग बराबरी खेलेको छ ।

अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिदा दुवै टोलीले १-१ अंक हात पारे । ब्राजिलले खेलमा एकपक्षीय आक्रमण गरेपनि आवश्यक गोल भने गर्न सकेन ।

ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र पठाएपनि रेफ्रीले भीएआरको सहयोग लिँदै गोललाई मान्यता दिएनन् । त्यसपछि ब्राजिलले लगातार आक्रमण बुनेपनि गोल गर्न भने सकेन ।

दोस्रो हाफमा थप आक्रामक देखिएको ब्राजिलले पटक पटक कोस्टारिकाको डिफेन्सलाई समस्या दियो । लुकास पाक्वेटाको प्रहारमा पोस्ट बाधक बन्दा ब्राजिल अग्रता लिनबाट बन्चित भएको थियो ।

त्यसअघि समूह डी कै खेलमा कोलोम्बियाले पाराग्वेलाई २-१ ले हरायो । कोलोम्बियाले पहिलो हाफमै ड्यानीएल मुनोज र जेफर्सन लार्माको गोलमा २-० को अग्रता लिएको थियो । दोस्रो हाफमा जुलिओ एन्सिजोले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् ।

समूहमा कोलोम्बियाको ३ अंक भएको छ । ब्राजिल र कोस्टारिकाको १-१ अंक तथा पाराग्वे विना अंक पुछारमा छ ।

कोपा अमेरिका अन्तर्गत बुधबार समूह ए मा पेरुले क्यानडा तथा चिलीले अर्जेन्टिनाको सामना गर्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.