default_image

5 months ago

June 25, 2024

नाचो र जोसेलुले रियल म्याड्रिड छाड्ने

2045 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर नाचो फर्नान्डेस र फरवार्ड जोसेलु माटाले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।

सान्टियागो बर्नाबेउमा सम्झौताको अवधि सकिएसँगै युरो २०२४ मा स्पेनको प्रतिनिधित्व गरिरहेका नाँचोले नयाँ चुनौती पछ्याउने निर्णय गरेका छन् । उनी साउदी प्रो लिग क्लब अल कादासियामा सामेल हुने सम्भावना रहेको छ ।

३४ वर्षीय नाँचो रियलले गत सिजन कीर्तिमानी ३५औं पटक ला लिगा, १५औं पटक च्याम्पियन्स लिग र स्पेनिस सुपर कोपा जित्दा टोलीका महत्वपूर्ण सदस्य हुन् ।

उनको प्रस्थानले क्लबसँगको २३ वर्षको लामो यात्रा टुंगिने छ । नाँचो सन् २००१ देखि नै रियलमा रहेका थिए । रियलकै एकेडेमीबाट आफ्नो प्रतिभा निखारेका नाँचोले सन् २०११ मा मात्रै रियलको सिनियर टोलीमा स्थान बनाएका थिए ।

त्यसयता उनी रियलको महत्वपूर्ण सदस्य छन् । उनले रियलबाट ३६४ खेलबाट १६ गोल गरेका छन् । विभिन्न २६ उपाधि जितेका छन् । नाँचो ६ पटक च्याम्पियन्स लिग जित्ने खेलाडीसमेत हुन् ।

नाँचोले क्लब छाड्ने भएसँगै अब रियलको कप्तानी भेट्रान मिडफिल्डर लुका मोड्रिचले सम्हाल्नेछन् । उनले रियलसँग थप एक वर्षको सम्झौता गरिसकेका छन् । मोड्रिचपछि ड्यानी कार्भाहल, लुकास भाज्क्वेज, फेडेरिको भाल्भर्डे, थिवाउट कोर्टुवा र भिनिसियस जुनियर कप्तानीको सुचीमा रहेका छन् ।

यस्तै केलियन एमबाप्पे र एन्ड्रिकको आगमन हुने भएसँगै फरवार्ड जाेसेलुले रियल छाड्ने निर्णय गरेका छन् । म्याड्रिडले यसै साता आरसिडी स्पान्योलसँग १.५ मिलियन पाउन्डमा स्थायी खेलाडीको लागि सम्झौता गर्ने निर्णय गरेको थियो ।

तर, स्पान्योल पुनः ला लिगामा बढुवा भएसँगै उनले रियल छाड्ने तयारी गरेका हुन् । उनले पनि साउदी अरेबिया नै नयाँ गन्तव्य बनाएको बुझिएको छ । अल कादसियाहले उनलाई अनुबन्ध गर्ने योजना बुनेका छन् ।

१२ वर्षपछि क्लबमा फर्किएका जाेसेलुले दोस्रो कार्यकालमा सानदार प्रदर्शन गरे । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखविरुद्धको सेमिफाइनलमा खेलको अन्त्यतिर दुई गोल गरेर टोलीलाई फाइनलमा पु¥याएका उनलाई रियल म्याड्रिडका समर्थकहरूले यि ३४ वर्षीय होसेलुलाई प्रेमपुर्वक सम्झनेछन् ।

फाइनलमा बोरुसिया डर्टमुन्डलाई हराएर रियलले कीर्तिमानी १५औं उपाधि जित्न सफल भयो । जाेसेलुले गत सिजन रियलबाट ४९ खेलमा १८ गोल गरे । तीन उपाधि जित्न सफल भए ।

December 2, 2024

लिभरपुल शीर्षस्थानमा थप मजबुत

एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा थप‌ मजबुत बन्दै गएको छ। लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै लिगमा थप बलियो बनेको हो। लिभरपुललाई‌ जित दिलाउन कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरे। १२औं मिनेटमा गाक्पोको गोलमा अग्रता लियो। ७८ औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो । सिटीका गोलकिपर स्टेफान ओर्टेगाले सलाहका लुइस डियाजलाई […]

December 2, 2024

बार्सिलोनासँग अंक दूरी घटाउँदै रियल

एजेन्सी- स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको‌ अंक दूरीलाई घटाएको छ। रियलले आइतवार गेटाफेलाई २-० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको हो । जुड बेलिङघम रकेलियन एमबाप्पेको गोलमा रियल विजयी भएको हो । घरेलु मैदानमा बेलिङघमको पेनाल्टी गोलमा रियलले ३० औं अग्रता बनायो। खराब प्रदर्शनबाट गुज्रिरहेका एमबाप्पले ३८ औं मिनेटमा […]

December 1, 2024

चेल्सीको‌ जित

एजेन्सी – चेल्सी इङ्लिस प्रिमियर लिग आइतवार विजयी भएको छ। स्ट्यामफोर्ड ब्रिजमा चेल्सीले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको हो। सातौं मिनेटमै निकोलस ज्याक्सनले गोल गर्दै अग्रता दिलाए। ३६औं मिनेटमा कोल पाल्मरको पासमा एन्जो फर्नान्डेजले गोल गरे। नोनी मडुकेको पासमा ८३औं मिनेटमा पाल्मरले गर्दै चेल्सीको जित पक्का गरे। १३ खेलमा २५ अंकसहित चेल्सीले तेस्रो स्थानमा […]

Success

Thank you for your time.