default_image

1 year ago

June 28, 2024

उरुग्वे र पानामाको जित

1600 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत शुक्रबार बिहान सम्पन्न समूह सि अन्तर्गतका खेलमा उरुग्वे र पानामा विजयी भएका छन् । उरुग्वेले बोलिभिया र पानामाले अमेरिका माथि जित हात पारेका हुन् ।

न्यू जर्सीमा भएको खेलमा उरुग्वेले बोलिभियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । यसपटक मार्सेलो बिएल्साको प्रशिक्षणमा रहेको उरुग्वे दावेदारको रुपमा उभिएको छ ।

लगातार दोस्रो जित दर्ता गर्ने क्रममा उरुग्वेका लागि फाकुन्डो पेलिष्ट्री, डार्विन नुनेज, म्याक्सीमिलियानो आराउजो, फेडेरीको भालभर्डे र रोड्रिगो बेन्टान्कुरले समान १-१ गोल गरे ।

उरुग्वेले पहिलो खेलमा पानामालाई ३-१ ले हराएको थियो ।उता पानामाले भने घरेलु टोली अमेरिका माथि २-१ को जित निकाल्यो । एटलान्टामा भएको खेलमा दुवै टोली १० जनामा सिमित भएका थिए । १८औं मिनेटमा जर्ज वियाह रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अमेरिकाले खेलको अधिकांश समय १० जनाले खेल्नु परेको थियो ।

तर त्यसका बाबजुद २२औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा नै सेजार ब्ल्याकम्यानले पानामाका लागि बराबरी गोल गरे । ८३औं मिनेटमा जोसे फाजार्दोले पानामाका लागि विजयी गोल गरे ।

त्यसपश्चात ८८औं मिनेट आदालबेर्टो कार्रासकियाले रातो कार्ड पाएपछि पानामा पनि खेलको अन्तिम केही समयमा १० जनाले खेलेको थियो । तर पानामाले जित भने हासिल गर्यो ।

जित पछि समूहमा उरुग्वेको २ खेलमा ६ अंक रहेको छ भने पानामा र अमेरिकाको समान २ खेलमा ३-३ अंक छ । बोलिभिया भने अंकविहिन रहेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.