1 year ago
June 30, 2024
एजेन्सी – घरेलु टोली जर्मनीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । राउन्ड अफ १६ को खेलमा डेनमार्कलाई हराउँदै जर्मनी अघि बढेको हो ।
डर्टमुन्डस्थित सिग्नाल इडुना पार्कमा सम्पन्न रोमान्चक खेलमा जर्मनीले २-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा डेनमार्कले दोस्रो हाफमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । जोआकिम एन्डरसनको प्रहारअघि अफसाइड भएको भन्दै गोलले मान्यता पाएन ।
त्यसको ५ मिनेट नबित्दै अर्कोतर्फ एन्डरसनकै ह्यान्डबलमा जर्मनीले पेनाल्टी पायो । काइ हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै खेलमा जर्मनीलाई अघि बढाए । त्यसपछि जमाल मुसियालले ६८ औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।
त्यसअघि दिनको पहिलो खेलमा स्विटजरल्यान्डले साविक विजेता इटालीलाई २-० ले हराएको थियो । प्रतियोगिता अन्तर्गत भोली राउन्ड अफ १६ चरणमै इंग्ल्यान्डले स्लोभाकिया तथा स्पेनले जर्जियासँग खेल्नेछ । जर्मनीले स्पेन र जर्जियाको विजेतासँग खेल्दा अर्को खेलको विजेताले स्विटजरल्यान्डको सामना गर्नेछ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]