default_image

1 year ago

June 30, 2024

इङ्ल्यान्डको र स्पेनको प्रिक्वाटरफाइनल खेल आज

2443 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदारको रूपमा रहेको इङ्ल्यान्ड आज युरो कप २०२४ को राउण्ड अफ १६ अन्तर्गत आफ्नो खेल खेल्दैछ । इङ्ल्यान्डले आज नेपाली समय अनुसार राती ९:४५ बजे स्लोभाकिया विरुद्ध आफ्नो अन्तिम १६ को खेल खेल्नेछ । खेल गेल्सेनकर्चेन स्थित एरिना आउफशाल्केमा हुनेछ ।

इङ्ल्यान्ड समूह सि को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । स्लोभेनिया विरुद्ध जित दर्ता गरेको इङ्ल्यान्ड डेनमार्क र सर्बिया विरुद्ध बराबरीमा रोकिएको थियो ।

उता स्लोभाकिया समूह ई मा तेस्रो रहँदै चार उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोली बनेको थियो । स्लोभाकियाले बेल्जियम विरुद्ध जित हासिल गरेको थियो भने युक्रेन विरुद्ध हार र रोमानिया विरुद्ध बराबरी गरेको थियो ।

यस खेलको विजेताले क्वाटरफाइनलमा स्विट्जरल्यान्ड विरुद्ध खेल्नेछ ।

यस्तै राती १२:४५ बजे अर्को खेलमा स्पेन र जर्जिया भिड्ने छन् ।स्पेन समूह बि को विजेता हो ।स्पेनले इटाली, अल्बानिया र क्रोएसिया विरुद्ध सबै खेल जिएको थियो । जर्जिया भने समूह एफ मा तेस्रो भएको थियो । पछिल्लो खेलमा जर्जियाले बलियो प्रतिद्वन्दी पोर्चुगललाई हराएको थियो ।

यस खेलको विजेताले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.