1 year ago
July 1, 2024
एजेन्सी – बेल्जियमलाई हराउँदै फ्रान्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाती गोलको मद्दतमा १-० को जित दर्ता गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो ।
खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो । रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको थियो । सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
दुई दावेदार टोली बीच आँकलन गरेभन्दा केही फितलो प्रदर्शन प्रस्तुत भएको थियो । दुवै टोलीले मौकाहरु सिर्जना गर्न संघर्ष गर्नु परेको थियो । र अन्त्यमा खेलको छिनोफानो आत्मघाती गोलले हुन पुग्यो ।
फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनिया बीचको विजेता विरुद्ध खेल्नेछ । यी दुई टोली बीचको खेल आज राति १२:४५ बजे नै हुँदैछ ।
फ्रान्स बाहेक अहिलेसम्म क्वाटरफाइनलमा पुग्ने टोलीहरू जर्मनी, स्पेन, स्विटजरल्यान्ड र इङ्ल्यान्ड रहेका छन् ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]