1 year ago
July 2, 2024
एजेन्सी – यूरो कप २०२४ का अन्तिम दुई प्रिक्वाटरफाइनल खेलहरु आज हुँदै छन् ।
दिनको पहिलो खेलमा आज नेपाली समय अनुसार बेलुका ९:४५ बजे म्युनिखमा नेदरल्यान्ड्स र रोमानिया भिड्दै छन् । रोमानिया बेल्जियमलाई उछिन्दै समूह ई को विजेता बनेको थियो ।
समूहमा सबै टोलीको समान ४ अंक भएपनि रोमानिया गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहेको थियो । रोमानियाले युक्रेन विरुद्ध जित, बेल्जियम विरुद्ध हार र स्लोभाकिया विरुद्ध बराबरी गरेको थियो ।
नेदरल्यान्ड्स भने समूह डी मा तेस्रो रहँदै उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने चार टोलि मध्य परेको थियो । नेदरल्यान्ड्सले पोल्याण्ड माथि जित हात पारेको थियो भने फ्रान्स विरुद्ध बराबरी र अस्ट्रिया विरुद्ध हार बेहोरेको थियो ।
यस्तै राती १२:४५ बजे अस्ट्रिया र टर्की भिड्ने छन् । अस्ट्रिया समूह डी को विजेता रह्यो । अस्ट्रियाले फ्रान्स विरुद्ध हार बेहोर्दा नेदरल्यान्ड्स र पोल्याण्डलाई पराजित गरेको थियो ।
टर्की भने समूह एफ मा दोस्रो रह्यो । टर्की पोर्चुगल विरुद्ध पराजित हुँदा जर्जिया र चेकिया विरुद्ध जित हासिल गरेको थियो ।
यी दुई खेलका विजेता टोलीले क्वाटरफाइनलमा एकअर्का विरुद्ध खेल्ने छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]