1 year ago
July 6, 2024
एजेन्सी – युरो कप २०२४ को तेस्रो क्वाटरफाइनल खेलमा आज इङ्ल्यान्ड र स्विट्जरल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ९:४५ बजे सुरु हुँदैछ ।
उपाधि दावेदारको रूपमा हेरिएको इंग्लिश टोलीले हालसम्म सन्तुष्टि प्राप्त गर्नलायक प्रदर्शन भने गरेको छैन । समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको इङ्ल्यान्डले समूह चरणमा १ गोल मात्र गरेको थियो । सो बल जुड बेलिङ्घमले पहिलो खेलमा सर्बिया विरुद्ध गरेका थिए ।
त्यसपछि डेनमार्क र स्लोभेनिया विरुद्ध इङ्ल्यान्डले गोलरहित बराबरी खेल्यो । दुवै खेलमा प्रदर्शन सम्झनलायक रहेका थिएनन् । अन्तिम १६ मा पनि इङ्ल्यान्डले निकै संघर्ष गर्नु परेको थियो ।
२५औं मिनेट देखि पछाडि परेको इङ्ल्यान्डलाई बेलिङ्घमले इन्ज्युरी समयको पाँचै मिनेटमा गरेको उत्कृष्ट गोलले बचाएको थियो । फेरि अतिरिक्त समयको सुरुवातमै ह्यारी केनले गोल गरेपछि इङ्ल्यान्ड अन्तिम आठमा प्रवेश गरेको थियो ।
सोचेजस्तो प्रदर्शन गर्न नसकेको इङ्ल्यान्डले स्विट्जरल्यान्ड विरुद्ध सिस्टम परिवर्तन गर्ने चर्चा रहेको छ । चार डिफेन्डरले खेल्दै आएकोमा इङ्ल्यान्डके पाँच डिफेन्डर सहित खेल्ने आँकलन इंग्लिश सञ्चार माध्यमहरुले गरेका छन् ।
त्यसमा आजको खेलमा निलम्बित मार्क गेहीको स्थान एज्री कोन्साले लिनेछन् । त्यस्तै राइट विंगर बूकायो साकाले लेफ्ट विङ ब्याक खेल्ने र किइरन ट्रिपियरले राइट विङ ब्याक खेल्ने चर्चा छ । प्रशिक्षक ग्यारेथ साउथगेटलाई उपाधि दिलाउन नसकेको खण्डमा बर्खास्त हुने डर समेत रहेको छ ।
उता स्विट्जरल्यान्डले पछिल्लो चरणमा साविक विजेता इटालीलाई परास्त गरेको थियो । हालसम्म अपराजित रहेको स्विट्जरल्यान्ड डार्क हर्सका रूपमा उभिएको छ । स्विट्जरल्यान्डले समूहमा जर्मनी र स्कटल्यान्ड विरुद्ध बराबरी खेलेको थियो भने हंगेरी विरुद्ध जित हासिल गर्दै दोस्रो स्थान हासिल गरेको थियो ।
इङ्ल्यान्डलाई स्विट्जरल्यान्ड विरुद्ध सहज भने हुने छैन । तर आँकलन गर्दा इङ्ल्यान्डले यस खेल हार्ने भन्दा जित्ने सम्भावना बढी रहन्छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]