1 year ago
July 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्द अझै एक सिजन इन्डोनेसियामा नै बस्ने भएका छन् ।
इन्डोनेसियन लिगा वान टोली पेर्सिक केदिरीसँग सम्झौता नवीकरण गरेसँगै रोहितले व्यवसायिक फुटबलको थप एक सिजन इन्डोनेसियाको शीर्ष डिभिजनमा नै बिताउने भएका हुन् ।
सन् २०१३ मा पहिलो पटक इन्डोनेसिया पुगेका रोहितले बीचमा मलेसियन लिग पनि खेलेका थिए । २०१७ देखि भने उनी लगातार इन्डोनेसियाको लिग खेलिरहेका छन् ।
उनले २०१७ देखि ५ सिजन रोहितले पर्सिजा जकार्तामा बिताए । २०१८ मा लिग उपाधि जितेका रोहित सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
३२ वर्षिय रोहित २०२२ मा पर्सिजाबाट पेर्सिक पुगेका थिए । गत दुई सिजनमा पेर्सिकले ११औ र नवौं स्थानमा सिजनको अन्त्य गरेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]