default_image

1 year ago

July 12, 2024

वर्षाका कारण चितवन जिल्ला लिग स्थगित

359 views

0 Bookmark

सुशिल पन्त क्षेत्री, चितवन

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग तत्कालका लागि स्थगित भएको छ । चितवन जिल्ला फुटबल संघले आज एक सुचना जारी गर्दै लिगका खेलहरु तत्कालका लागि स्थगित भएको जानकारी दिएको हो ।

अविरल वर्षाका कारण लिगका खेल सञ्चालित भरतपुर ७ कृष्णपुरको मैदान हिलाम्य भएकोले अर्को सूचना जारी नभएकोसम्मका लागि स्थगित गरिएको संघले जनाएको छ । संघले छिट्टै यस बारे थप निर्णय गर्ने सूचनामा उल्लेख छ ।

संघका महासचिव रामहरि ढकालले मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन वर्षा हुने भएको लिगका खेलहरु स्थगित गरिएको बताए ।

शनिबारसम्म मौसमको अवस्था हेरेर यस बारे थप निर्णय गरिने उनले जानकारी दिए । संघका अध्यक्ष श्रीकृष्ण कार्कीले वर्षा नरोकिए मैदानको अन्य विकल्प बारे पनि सोच्न सकिने बताए ।

जारी लिगका खेलहरु बिहीबारबाट नै रोकिएका थिए। लिगमा हाल तेस्रो चरणका खेलहरु जारी छन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.