default_image

1 year ago

July 14, 2024

युरो कप फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्दै

1427 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२४ को उपाधिका लागि आइतबार हुने फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्दैछन् । बर्लिनस्थित ओलम्पिक रंगशालामा हुने फाइनल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

स्पेन सम्भवत यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट फुटबल प्रदर्शन गर्दै फाइनलको यात्रा तय गर्न सफल भएको छ । आक्रमणमा विंगरद्वय निको विलियम्स र लामिन यमालसँग अल्भारो मोराटा र ड्यानी ओल्मोको समन्वय मिलेको छ । मिडफिल्डमा रोड्रीले उच्च प्रदर्शन गरिरहेका छन् । प्रशिक्षक लुइस डे ला फुएन्टे स्पेनलाई इतिहासमै पहिलो पटक चार युरो उपाधि जित्ने टोली बनाउने लक्ष्यमा छन् ।

यता ग्यारेथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्डले मिश्रित प्रदर्शन गरिरहेको छ । तर नतिजा आफ्नो पक्षमा पार्दै टोली फाइनलको यात्रा तय गर्न सफल भएको हो । सेमिफाइनलमा ओली वाटकिन्सले इन्ज्युरी समयमा गोल गर्दै टोलीको उपाधि भिडन्तमा स्थान पक्का गरेका थिए । इंग्ल्यान्डले समूह चरणदेखि नै एकपक्षीय प्रदर्शन भने गर्न सकेको छैन । सन् १९६६ यता उपाधि जित्न नसकेको इंग्ल्यान्ड त्यो खडेरी तोड्न चाहन्छ ।

स्पेनको फाइनल यात्रा:

समूहमा क्रोएसिया (३-०), इटाली (१-०), अल्बानिया (१-०)

राउन्ड अफ १६मा जर्जिया (४-१)

क्वाटरफाइनलमा जर्मनी (२-१)

सेमिफाइनलमा फ्रान्स (२-१)

इंग्ल्यान्डको फाइनल यात्रा:

समूहमा सर्बिया (१-०), डेनमार्क (१-१), स्लोभेनिया (०-०)

राउन्ड अफ १६ मा स्लोभाकिया (२-१)

क्वाटरफाइनलमा स्विटजरल्यान्ड (१-१) टाइब्रेकरमा ५-३

सेमिफाइनलमा नेदरल्यान्ड्स (२-१)

यो पनि: कप्तान केन पहिलो उपाधि जित्ने संघारमा

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.