default_image

1 year ago

July 14, 2024

युरो कप फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्दै

1431 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२४ को उपाधिका लागि आइतबार हुने फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्दैछन् । बर्लिनस्थित ओलम्पिक रंगशालामा हुने फाइनल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

स्पेन सम्भवत यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट फुटबल प्रदर्शन गर्दै फाइनलको यात्रा तय गर्न सफल भएको छ । आक्रमणमा विंगरद्वय निको विलियम्स र लामिन यमालसँग अल्भारो मोराटा र ड्यानी ओल्मोको समन्वय मिलेको छ । मिडफिल्डमा रोड्रीले उच्च प्रदर्शन गरिरहेका छन् । प्रशिक्षक लुइस डे ला फुएन्टे स्पेनलाई इतिहासमै पहिलो पटक चार युरो उपाधि जित्ने टोली बनाउने लक्ष्यमा छन् ।

यता ग्यारेथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्डले मिश्रित प्रदर्शन गरिरहेको छ । तर नतिजा आफ्नो पक्षमा पार्दै टोली फाइनलको यात्रा तय गर्न सफल भएको हो । सेमिफाइनलमा ओली वाटकिन्सले इन्ज्युरी समयमा गोल गर्दै टोलीको उपाधि भिडन्तमा स्थान पक्का गरेका थिए । इंग्ल्यान्डले समूह चरणदेखि नै एकपक्षीय प्रदर्शन भने गर्न सकेको छैन । सन् १९६६ यता उपाधि जित्न नसकेको इंग्ल्यान्ड त्यो खडेरी तोड्न चाहन्छ ।

स्पेनको फाइनल यात्रा:

समूहमा क्रोएसिया (३-०), इटाली (१-०), अल्बानिया (१-०)

राउन्ड अफ १६मा जर्जिया (४-१)

क्वाटरफाइनलमा जर्मनी (२-१)

सेमिफाइनलमा फ्रान्स (२-१)

इंग्ल्यान्डको फाइनल यात्रा:

समूहमा सर्बिया (१-०), डेनमार्क (१-१), स्लोभेनिया (०-०)

राउन्ड अफ १६ मा स्लोभाकिया (२-१)

क्वाटरफाइनलमा स्विटजरल्यान्ड (१-१) टाइब्रेकरमा ५-३

सेमिफाइनलमा नेदरल्यान्ड्स (२-१)

यो पनि: कप्तान केन पहिलो उपाधि जित्ने संघारमा

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.