default_image

1 year ago

July 18, 2024

एपिएफको समूहमा मलेसिया र उज्बेकिस्तानको टोली

1868 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको खेल मलेसियामा खेल्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले विहीबार सार्वजनिक गरेको समूह ड्र अनुसार एपिएफ समूह सी मा परेको हो । यस समूहमा उज्बेकिस्तानको एफसी नासाफ र मलेसियाको सबाह एफए रहेका छन् ।

प्रारम्भिक चरणमा सहभागी १३ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले अर्को चरणमा स्थान बनाउनेछ । शीर्ष वरीयताका ८ क्लबले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।

प्रतियोगिताको खेल अगस्ट २५ देखि ३१ सम्म हुनेछ । एपिएफ हाल प्रतियोगिताको लागि तयारी गरिरहेको छ ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.