1 year ago
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अपि पावर चर्च ब्वाइज युनाइटेडले यसै महिना खेल्ने एएफसी च्यालेन्ज लिग प्लेअफको खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
सहिद स्मारक ए डिभजन लिग च्याम्पियनका रुपमा अपि पावर चर्च ब्वाइजले एएफसी च्यालेन्ज कपको प्लेअफमा प्रतिस्पर्धा गर्दैछ । प्रत्यक्ष प्रसारणका लागि चर्च ब्वाइज र हाम्रो खेलकुदबीच शुक्रबार सम्झौता भएको हो । अपि पावर चर्च ब्वाइजका अध्यक्ष टंकलाल (रुबेन) राई र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
चर्च ब्वाइज र भुटानको लिग च्याम्पियन पारो एफसीबीच साउन २९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्ले अफ खेल हुनेछ ।
चर्च ब्वाइजले यसका लागि तयारी सुरु गरिसकेको छ । अनन्त तामाङको कप्तानीमा रहेको टोलीमा लिग सिजनमा टोलीमा रहेका अन्जन विष्ट र एरिक विष्टले सम्झौता नविकरण गरेका छन् ।
गोलकिपर दीप कार्की,डिफेन्डर सनिश श्रेष्ठ, मिडफिल्डर लाकेन लिम्बु र फरवार्ड आयुष घलान पनि चर्च ब्वाइजमा आबद्ध भएका छन् । चर्च ब्वाइजले केही विदेशी खेलाडीहरुको अनुबन्धका लागि पनि तयारी गरिरहेको बताइएको छ । बालगोपाल महर्जन टोलीको मुख्य प्रशिक्षक रहेका छन् । उनकै प्रशिक्षणमा चर्च ब्वाइजले लिग जितेको थियो ।
पारो विरुद्ध प्लेअफ खेल जितेमा चर्च ब्वाइज एएफसी च्यालेन्ज लिगको समूह चरण पुग्नेछ । प्ले अफ जित्ने टोलीले १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार एएफसी क्लब प्रतियोगिता संरचनाको परिमार्जित भागको रूपमा प्रतियोगिताको घोषणा गरेको थियो । प्रतियोगिताको समूह चरणमा १८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
पछिल्लो सिजन दोस्रो तहको एएफसी कपको पहिलो चरणको छनोटमा नेपालको मछिन्द्र क्लबले पारो एफसीलाई नै रंगशालामा हराएको थियो । मछिन्द्र प्लेअफको दोस्रो खेलमा भने भारतीय टोली मोहुन बगान विरुद्ध कोलकत्तामा पराजित भएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]