default_image

1 year ago

July 21, 2024

चितवन जिल्ला लिगमा एनएफसी र एभरेष्ट विजयी

666 views

0 Bookmark

सुशिल पन्त क्षेत्री,चितवन

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार नारायणी फुटबल क्लब ( एनएफसी) र एभरेष्ट क्लब चितवन विजयी भएका छन्।

शारदा नगरको मैदानमा भएको पहिलो खेलमा नारायणीले हर्दी युवा समाजलाई २-१ ले हरायो । नारायणीका‌ सुगम तामाङ र सुरज गुरुङले गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे ।

खेलमा अग्रता भने हर्दीले लिएको थियो । दोस्रो मिनेटमा सन्तोषले गोल गर्दै हर्दीलाई अग्रता दिलाएका थिए । तर अग्रता धेरै समय टिकेन । एनएफसीका सुगमले खेलको ११ औं मिनेटमा बराबरी गोल गरे । सुरजले ४५ औं मिनेटमा गोल गरेपछि एनएफसीले २ विजयी भयो ।

आजै भएको दोस्रो खेलमा एभरेष्टले यात्रा ग्रुप भरतपुरलाई २-१ ले हरायो । एभरेष्टका किरण घले र सुजल गुरुङले गोल गरे । यात्राका सुनिल पुलामीले एक गोल फर्काए ।

एभरेष्टका किरणले २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा सुजलले गोल गर्दै अग्रता दोब्बर बनाए । यात्राका सुनिलले इन्ज्युरी समयमा गोल गरे पनि हार टार्न सकेनन् ।

लगातारका वर्षाका कारण लिग केही दिन स्थगित गरिएको थियो। लिगमा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र नारायणी मोटर्स युनिक एफसी भिड्नेछन् । खेल दिउँसो २:३० बजे सुरु हुनेछ । दिउँसो ४:३० बजे रामपुर एफसी र माडी ११ बीच प्रतिस्पर्धा सुरु हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिगलाई‌ सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले मुख्य प्रायोजन गरेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.