default_image

1 year ago

July 31, 2024

बिएफसी र पानस चितवन लिगको सेमिफाइनलमा

715 views

0 Bookmark

सुशिल पन्त क्षेत्री,चितवन

हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र पानस युवा क्लब सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ए को बुधबार अन्तिम दुई खेल सम्पन्न भएसँगै बिएफसी र पानसले सेमिफाइनलमा स्थान बनाएको हो । लिगको ६ खेलमा ५ जित र एक हार बेहोरेको बिएफसीको १३ अंक भएको छ ।

पानस समान खेलमा ४ जित, एक हार र एक बराबरीसहित १३ अंकका साथ नै सेमिफाइनलमा स्थान बनाएको छ ।

शारदानगरमा भएको पहिलो खेलमा बिएफसीले गीतानगर ब्वाईजलाई ५-० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

जित्नै पर्ने खेलमा बिएफसीलाई जिताउन सन्दीप केसीले ३२ र ६७ औं, सन्देश श्रेष्ठले ३५ तथा ५४ औं र सुमन आलेले २५ औं मिनेटमा गोल गरे । बिएफसीका सदीप केसी म्यान अफ दि म्याच भए ।

दोस्रो खेलमा पानसले एष्ट्रल युथ सोसाइटीलाई बराबरीमा रोक्दै अंक खोस्यो । सेमिफाइनलमा स्थान बनाउन पानसलाई कम्तिमा एक अंक आवश्यक थियो । उता एष्ट्रललाई भने स्पष्ट ३ अंक आवश्यक थियो ।

खेलमा अग्रता एष्ट्रलले लिएको थियो । खेलको ५७ औं मिनेटमा अश्विन लो तमाङले पेनाल्टीमा गोल गर्दै एष्ट्रललाई अग्रता दिलाएका थिए ।

तर उसले त्यो अग्रता जोगाउन सकेन । ६९ औं मिनेटमा पानसका शिव गुरुङले बराबरी गोल गरे । उक्त गोल नै पानसलाई सेमिफाइनलमा स्थान बनाउन पर्याप्त भयो ।
पानसका निश्चल बस्नेत म्यान अफ दि म्याच भए ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.