1 year ago
August 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति एन्फा यु-१८ लिगमा सोमबार नेपाल पुलिस क्लब र संकटा फुटबल क्लब विजयी भएका छन् ।
दिनको दोस्रो खेल विभागीय ड्रर्बीमा कप्तान सुवास बमको ४ पुलिसले नेपाल एपिएफ क्लबलाई ६-० ले हराएको थियो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन थप २ गोललक्ष्मण थानीले गरे । खेलको ४७ औं मिनेटमा लक्ष्मणको गोलमा पुलिसले अग्रता लिएको थियो । ५८ औं मिनेटमा लक्ष्मणको गोलमा टोलीको अग्रता दोब्बर भएको थियो।
सुवासले ७४ औं मिनेटमा पेनाल्टीमार्फत टोलीका लागि तेस्रो गोल गरे । ७८ औं मिनेटमा सुवासले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ४-० को स्थितीमा पुर्याए । ८९ औं मिनेटमा गोल गर्दै सुवासले ह्याट्रिक पूरा गरे । इन्जुरी समययमा सुवासले नै व्यक्तिगत चौथो गोल गर्दै पुलिसलाई फराकिलो जित दिलाए ।
छैटौं जितसँगै ७ खेलमा १९ अंकसहित पुलिस लिगको शीर्ष स्थानमा कायमै छ । चौथो पराजय बेहोरेको एपिएफको ७ खेलबाट ७ अंक छ ।
त्यसअघि पहिलो खेलमा संकटाले जावलाखेल युथ क्लबविरुद्ध २-० को जित निकालेको थियो । लिगमा संकटाको त्यो दोस्रो जित हो ।
संकटालाई जित दिलाउन सबिनकुमार लुंगेलीमगर र दिवस राईले गोल गरे । खेलको २२ औं मिनेटमा सबिनको गोलमार्फत संकटाले अग्रता लिएको थियो । ८५ औं मिनेटमा दिवसले गोल गर्दै संकटालाई २-० को जित दिलाए ।
दोस्रो जितसँगै संकटाले ७ खेलमा ९ अंक जोडेको छ । चौथो पराजय बेहोरेको जावलाखेलको ७ खेलबाट ५ अंक छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]