1 year ago
August 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसी को आधिकारिक जवाफ माग गरे संगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जानकारी दिएको छ ।
विभिन्न प्रश्न उठाउदै एफसीले केही समय देखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । जसका कारण नेपाली टोलीले विश्वकप छनोट घरेलु मैदानमा खेल्न पाएन ।
एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट राखेपले आफैले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो । त्यसअघि त्यो जिम्मेवारी राखेपले एन्फालाई दिएको थियो।
यसै बीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पूरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको राखेपले बताएको छ ।
दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिए संगै यही साउन २९ गते ए एफ सी च्यालेन्ज लिग छनौटको प्लेअप अन्तर्गत नेपालको लिग च्याम्पियन चर्चब्वाईज युनाईटेड र भुटानको लिग विजेता पारो एफसीबीच खेल हुनेछ ।
खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ। टिकेटिङ पार्टनरमा खल्ती एप रहेको छ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]