default_image

1 year ago

August 9, 2024

थ्रीस्टार र एपिएफको जित

638 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति एन्फा यु-१८ युथ लिगमा शुक्रवार थ्री स्टार क्लब र नेपाल एपिएफ क्लबले जित हात पारेका छन्

दिनको दोस्रो खेलमा थ्री स्टार क्लबले खुमलटार युथ क्लबविरुद्ध जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले खुमलटारमाथि ४-० को जित निकालेको‌ हो ।

थ्री स्टारलाई सहज जित दिलाउन रोमन श्रेष्ठले २ तथा क्याप्टेन बोगटी र सनिल स्याङताङले समान १ गोल गरे ।
खेलको छैटौं मिनेटमा रोमनको गोलमार्फत थ्रीस्टारले अग्रता लिएको थियो । १० औं मिनेटमा थ्रीस्टारका लागि क्याप्टेनले गोल गर्दै अग्रता दोब्बर बनाए ।

सनिलले ६८ औं मिनेटमा गोल गर्दा थ्रीस्टार ३-० ले अगाडि बढ्यो । ८६ औं मिनेटमा रोमनले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारलाई सहज जित दिलाए ।

चौथो जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेको छ । सातौं हार बेहोरेको खुमलटारको समान ८ खेलबाट ३ अंक छ ।

दिनको पहिलो खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडविरुद्ध जित निकाल्यो । अघिल्ला चार खेलमा पराजित बेहोरेको एपिएफले सादोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाइटेडविरुद्ध २-१ को जित दर्ता गर्यो ।

एएिफलाई जित दिलाउन अमन मोक्तान र पवन पाख्रिनले गोल गरे । चर्च ब्वाइजका लागि शिशिर यस्मालीले सान्त्वना गोल फर्काए ।

खेलको २१ औं मिनेटमा अमनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ६९ औं मिनेटमा शिशिरले चर्च ब्वाइजलाई बराबरीमा ल्याए ।

९०औं मिनेटमा पवनले पेनाल्टीमार्फत गोल गर्दै एपिएफलाई जित दिलाए । इन्ज्युरी समयमा सुजन बस्नेतले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो ।

तेस्रो जितसँगै एपिएफले ८ खेलमा १० अंक जोडेको छ । तेस्रो पराजय बेहोरेको चर्च ब्वाइजको समान ८ खेलबाट १३ अंक छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.