default_image

1 year ago

August 9, 2024

तिम्सिना आइएसएल टोली पन्जाबको गोलकिपर प्रशिक्षक नियुक्त

1001 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली प्रशिक्षक मनीष तिम्सिना इन्डियन सुपर लिग (आइएसएल) टोली पन्जाब फुटबल क्लबको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् ।

पन्जाबले शुक्रवार‌ आफ्नो सामाजिक सञ्जालमार्फत तिम्सिना गोलकिपर प्रशिक्षकका‌ रुपमा आबद्ध भएको जनाएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले गत सिजन सम्म पन्जाबबाट व्यवसायिक फुटबल खेलेका थिए।

यस अघि प्रशिक्षक तिम्सिना इन्डियन (आइ) लिग गोकुलम केरेला एफसीमा‌ थिए गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् ।

एएफसी ए लाइन्स प्राप्त ३७ वर्षीय तिम्सिना सन् २०२१-२२ को सिजनका लागि केरेलामा आबद्ध हुँदै
आइ लिग टोलीमा प्रशिक्षक बन्ने पहिलो नेपाली‌ बनेका थिए । उनी ३ सिजन केरेलामा रहेका थिए।

पछिल्लो छ महिना भने उनी नेपाली राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकका रुपमा रहेका थिए।
आइएसएल‌ टोलीमा गोलकिपर प्रशिक्षक बन्ने पनि तिम्सिना पहिलो नेपाली बनेका छन्।

‘एक दशकदेखिको‌ प्रशिक्षण, आइ लिग‌ र राष्ट्रिय टोलीको अनुभवका कारण मैले अर्को मौकाका‌ रुपमा आइएसएल टोलीमा आबद्ध भएको छु, तिम्सिनाले भने,’ यो‌ मेरो लागि अवसर त हो नै । त्यो‌सँगै आफूलाई थप प्रमाणित गर्ने चुनौती पनि हो ।’

एन्फाको धरान एकेडेमीका गोलकिपर प्रशिक्षकका रुपमा लामो‌ समय‌ काम गरेका तिम्सिनाले खेलाडीका रुपमा थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्मु, ब्रिगेड ब्वाइजबाट खेलिसकेका छन् ।

पूर्वाञ्चलबाट पाँचौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका तिम्सिना एक दशक यता प्रशिक्षणमा सामेल छन् । विराटनगरका उनले साफ यू १५ मा नेपाली टोलीको गोलकिपर प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.