default_image

9 months ago

August 10, 2024

साफ यु-२० च्याम्पियनसिप- नेपाली टोलीको घोषणा

1881 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता काठमाडौंमा सुरु हुने साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिवार २३ सदस्यीय युवा टोलीको घोषणा गरेको हो ।

प्रतियोगितामा ७ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् ।

समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली युवा टोली
जियारथ शेख( गोलकिपर ), कृषल मोक्तान (गोलकिपर) ,विशाल केसी,सिमान्त थापा,अश्विन घोरा,सैनीबिक्रम तामाङ,आयुष तिम्सिना,मदन पौडेल,राम थापा,समिन घिमिरे,सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लचु थापा,निरज कार्की,हरिश राज भट्ट,धर्बेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी

May 20, 2025

च्याम्पियन लिभरपुल पराजित

एजेन्सी – च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिगमा सोमवार पराजित भएको छ। लिभरपुलले दुई पटक अग्रता लिए पनि ब्राइटनले सानदार पुनरागमन गर्दै ३-२ ले खेल जित्यो । परिवर्तित ज्याक हिन्सेलवुडले ८५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । उनले मैदान छिरेको केही क्षणमै म्याट ओ’राइलीको क्रसमा हेडरमार्फत गोल गरेका हुन् । सुरुमा अफसाइडको निर्णय भए […]

May 19, 2025

श्री कुमारी ‘बी’ डिभिजनमा यथावत

काठमाडौं (हाम्रो खेलकुद)- ‌सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लबलाई २-० ले हराउँदै श्री कुमारी क्लब बी डिभिजनमा यथावत रहने निश्चित भएको छ। श्री कुमारीलाई रेलिगेसनबाट जोगिन ३ अंक आवश्यक थियो। सोही अनुरूप आज एन्फा कम्प्लेक्समा सरस्वती क्लब विरूद्ध टोलीले जित दर्ज गर्यो। खेलको ४४ औं मिनेटमा यमन महर्जनले गोल गरे। पहिलो हाफमा श्री […]

May 19, 2025

बिबिसी रेलिगेसनबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद)- ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सहिद स्मारक बी डिभिजन लिगमा रेलिगेसन हुनबाट जोगिएको छ। च्यासल युथ क्लबलाई सोमवार ४-१ ले पराजित गरेसँगै बिबिसीको रेलिगेसन खतरा टरेको हो । बिबिसीको जितमा मुकुन्द कुमार न्युरेले ह्याट्रिक गरे। एन्फा कम्प्लेक्समा भएको खेलको नवौं मिनेटमा रोमन श्रेष्ठको गोलमा बिबिसीले अग्रता बनायो। तर यो अग्रता १३ औं मिनेटमा […]

Success

Thank you for your time.