default_image

1 year ago

August 13, 2024

चर्च ब्वाइज र पारोको‌ खेल आज

1842 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता  चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीच एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल आज हुँदैछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। चर्च ब्वाइजले तयारी छोटो भएपनि खेलको लागि टोली तयार रहेको बताएको छ। चर्च ब्वाइजले ३ साताको तयारी गरको छ ।

यो खेलका लागि टोलीले राष्ट्रिय टोलीका‌ लकेन लिम्बु, सनिश श्रेष्ठ , आयुष घलानसहित केही विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। टोलीले क्षमता अनुसार खेल्यो भने राम्रो नतिजा निकाल्न सक्नेमा प्रशिक्षक बाल गोपाल महर्जनले आशावादी छन् । तयारीका‌ क्रममा चर्च ब्वाइजले त्रिभुवन आर्मी फुटबल क्लबसँग र यु-२० टोलीसँग अभ्यास खेल खेलेको‌ थियो।

टोलीका कप्तान अनन्त तामाङले रंगशालामा खेल्ने अनुभव भएकोले टोली फिजिकली, मेन्टली तयार रहेको बताए।

पारोमा रहेका स्टार खेलाडी जापानी केसुके होन्डा र अन्य विदेशी खेलाडीले टिमलाई दबाब नरहेको भन्दै टोलीको योजना अनुरूप खेल्ने अनन्त बताएका छन् ।
होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्। उनी एसियाकै स्टार खेलाडी हुन् ।

तयारी राम्रो भएकोले उत्कृष्ट प्रदर्शन गर्ने पारोका प्रशिक्षक पुष्पलाल शर्माले बताएका थिए । नेपाल आएसँगै चुनौतीहरूको सामना गरिरहेको भन्दै दशरथ रंगशालाको स्तर उपयुक्त नभएको गुनासो गरेका थिए।

नेपालमा लिग नभएको कारण राष्ट्रिय टोलीका खेलाडी रहेको र चर्च ब्वाइजलाई नेपालको राष्ट्रिय टोली बराबर मान्न सकिने उनले बताएका‌ थिए।
होन्डा मात्र होइन यो पटक पारो कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ।
गत वर्ष पनि पारो एफसी कप छनोट खेल्न नेपाल आएको थियो। त्यतिखेर मछिन्द्र क्लबसँग पारजित भएको थियो।

चर्च ब्वाइजले भिआइपीतर्फ ५ सय र साधारणतर्फ २ सय रुपैयाँ टिकट तोकेको‌ छ। खल्ती एपबाट पनि‌ अनलाईन टिकट खरिद गर्न सकिने बताइएको छ।
यो खेलको  हाम्रो खेलकुदले युट्युबमा र एक्सन स्पोर्टसले टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्नेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.