1 year ago
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीच एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल आज हुँदैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। चर्च ब्वाइजले तयारी छोटो भएपनि खेलको लागि टोली तयार रहेको बताएको छ। चर्च ब्वाइजले ३ साताको तयारी गरको छ ।
यो खेलका लागि टोलीले राष्ट्रिय टोलीका लकेन लिम्बु, सनिश श्रेष्ठ , आयुष घलानसहित केही विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। टोलीले क्षमता अनुसार खेल्यो भने राम्रो नतिजा निकाल्न सक्नेमा प्रशिक्षक बाल गोपाल महर्जनले आशावादी छन् । तयारीका क्रममा चर्च ब्वाइजले त्रिभुवन आर्मी फुटबल क्लबसँग र यु-२० टोलीसँग अभ्यास खेल खेलेको थियो।
टोलीका कप्तान अनन्त तामाङले रंगशालामा खेल्ने अनुभव भएकोले टोली फिजिकली, मेन्टली तयार रहेको बताए।
पारोमा रहेका स्टार खेलाडी जापानी केसुके होन्डा र अन्य विदेशी खेलाडीले टिमलाई दबाब नरहेको भन्दै टोलीको योजना अनुरूप खेल्ने अनन्त बताएका छन् ।
होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्। उनी एसियाकै स्टार खेलाडी हुन् ।
तयारी राम्रो भएकोले उत्कृष्ट प्रदर्शन गर्ने पारोका प्रशिक्षक पुष्पलाल शर्माले बताएका थिए । नेपाल आएसँगै चुनौतीहरूको सामना गरिरहेको भन्दै दशरथ रंगशालाको स्तर उपयुक्त नभएको गुनासो गरेका थिए।

नेपालमा लिग नभएको कारण राष्ट्रिय टोलीका खेलाडी रहेको र चर्च ब्वाइजलाई नेपालको राष्ट्रिय टोली बराबर मान्न सकिने उनले बताएका थिए।
होन्डा मात्र होइन यो पटक पारो कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ।
गत वर्ष पनि पारो एफसी कप छनोट खेल्न नेपाल आएको थियो। त्यतिखेर मछिन्द्र क्लबसँग पारजित भएको थियो।
चर्च ब्वाइजले भिआइपीतर्फ ५ सय र साधारणतर्फ २ सय रुपैयाँ टिकट तोकेको छ। खल्ती एपबाट पनि अनलाईन टिकट खरिद गर्न सकिने बताइएको छ।
यो खेलको हाम्रो खेलकुदले युट्युबमा र एक्सन स्पोर्टसले टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्नेछ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]